+
+
Shares

निफमा ‘शोले’ निर्देशकसँग राजेश हमालले संवाद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली अभिनेता राजेश हमाल र बलिउड निर्देशक रमेश सिप्पीबीच चैत १९ गते नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा संवाद कार्यक्रम तय भएको छ।
  • निफको दोस्रो दिन दिउँसो ३ बजे पर्यटन बोर्डमा 'सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग' शीर्षकमा कार्यक्रम हुने आयोजक केपी पाठकले बताए।
  • यसवर्षको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन हुने र १० वटा अन्तरक्रियात्मक कार्यक्रम गरिनेछ भने १० वटा चिनियाँ र रुसी फिल्म पनि देखाइनेछ।

काठमाडौं । चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक, निर्माता तथा अभिनेता रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ ।

चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत रहेर सिप्पी र हमालबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए ।

निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे यी दुईबीचको संवाद कार्यक्रम तय भएको आयोजकले बताएको छ । यी दुईको संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ ।

नेपाली र बलिउड फिल्मको यात्रा, व्यक्तिगत अनुभव, फिल्मको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने तय भएको अध्यक्ष पाठकले बताए ।

उनले भने, ‘दुई लेजेन्डको अनुभव, उनीहरूको भोगाइ र सिनेमाको भविष्यका विषयमा उहाँहरूले संवाद गर्ने तय भएको हो । निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली चलचित्र क्षेत्रको सम्बन्ध थप विस्तार हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो ।’

निफको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति रहने गरी निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएको आयोजकले बताएको छ ।

सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन् । सिप्पीले निर्देशन गरेका फिल्ममा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याकी श्राफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, सञ्जीव कुमार, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगायतले अभिनय गरेका छन् ।

यसवर्षको निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रम गरिनेछ । प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रुसी फिल्म पनि प्रदर्शन गरिने भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?