+
+
Shares

अन्तरिक्षमा खिचिएको पहिलो फिल्म ‘द च्यालेन्ज’ काठमाडौंको निफमा देखाइने

५ रुसी फिल्मको स्क्रिनिङ हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १५:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चैत १९ देखि २३ सम्म काठमाडौंमा हुने नवौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ५ रुसी फिल्म प्रदर्शन गरिनेछ।
  • चैत २१ गते कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा 'अगस्ट', 'द च्यालेन्ज', 'द डिनो फ्यामिली' र 'अल रङ गर्ल' फिल्म देखाइने अध्यक्ष केपी पाठकले बताए।
  • निफमा ४० देशका ८८ फिल्म प्रदर्शन हुनेछन् र 'द पोएट' नामक रुसी फिल्म पनि प्रतिस्पर्धामा सहभागी छ।

काठमाडौं । चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ५ रुसी फिल्मको प्रदर्शन गरिने भएको छ । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत फिल्म देखाइने भएको हो ।

निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिए । नेपाल र रुसबीच सांस्कृतिक आदनप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताए ।

उनले भने, ‘नेपाली दर्शक र चलचित्रकर्मीले रसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो ।’ नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष पूरा भएको अवसर पारेर निफमा रसियन फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको आयोजकले बताएको छ ।

निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रुसी फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ । यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा स्क्रिनिङ हुनेछ ।

आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तक्र्रियात्मक कार्यक्रम गरिनेछ । यी कार्यक्रमबारेका थप जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।

कस्ता रुसी फिल्म देखाइनेछ ?

ऐतिहासिक र थ्रीलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ । शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ ।

इल्या लेबेदेव र निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायांकन भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।

एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भीमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ ।

इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?