+
+
Shares

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, बालुवाटारबाट सारियो सामान

नयाँ प्रधानमन्त्री आउन केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रधानमन्त्री बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको नियुक्ति लिने र शपथ ग्रहण गर्ने तयारी गरिरहेका छन्।
  • प्रधानमन्त्री कार्कीको परिवारले बालुवाटारस्थित निवासबाट सबै सामान टोखास्थित निजी निवासमा सारिसकेको छ र सुरक्षाकर्मीको टोली थपिने तयारी भइरहेको छ।

१० चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।

जिम्मेवारी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयबाट जिम्मेवारी छाडिसकेकी छिन् ।

‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रूपमा बिदाबारी हुनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सम्बद्ध एक उपसचिवले भने, ‘कर्मचारीहरूले बिदाइ गर्ने प्रस्ताव गरेका थिए, तर उहाँले मलाई बिदाइ गर्नुपर्दैन, अनौपचारिक रूपमा नै जान्छु भन्नुभएको छ ।’

ती उपसचिवका अनुसार त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।

सबै सामान सारियो

बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित निजी निवास सारिसकेको छ । केही दिनदेखि टोखास्थित कार्की निवासमा सुरक्षाकर्मीहरू राख्न आवश्यक पर्ने संरचना बनाउने गृहकार्य भइरहेको थियो ।

कार्की यसअघि पूर्वप्रधानन्यायाधीश मात्रै थिइन् । अब पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मीको टोली थप्न लागिएको हो ।

‘उहाँको सबैजसो सामान निजी निवासमा सारिएको छ, उहाँ अब तत्काल टोखा सरिहाल्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘शुक्रबार नयाँ प्रधानमन्त्रीको  शपथ लगत्तै उहाँ सोझै निजी निवास जाने तयारी छ ।’

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?