+
+
Shares
बलिउड :

बादशाहले गरे पञ्जाबी अभिनेत्रीसँग दोस्रो विवाह (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १७:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक र्‍यापर बादशाहले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग करिब चार वर्षको सम्बन्धपछि दोस्रो विवाह गरेका छन्।
  • बादशाह र ईशाको विवाह निकै निजी रूपमा सम्पन्न भएको छ र सामाजिक सञ्जालमा ईशाकी आमा पूनम रिखीले तस्वीरहरू सेयर गरेकी छन्।
  • बादशाहले पहिलो विवाहबाट एक छोरी छन् र सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो, उनले छोरीसँग भेट्ने अवसर कम पाउने बताएका छन्।

मुम्बई । गायक तथा र्‍यापर बादशाहको दोस्रो विवाहबारे यतिबेला इन्टरनेटमा निकै चर्चा भइरहेको छ । बलिउड मिडियाका अनुसार उनले पञ्जाबी अभिनेत्री तथा मोडल ईशा रिखीसँग विवाह गरेका हुन् ।

उनीहरू करिब चार वर्षदेखि एकअर्कासँग सम्बन्धमा रहेको बताइन्छ । सामाजिक सञ्जालमा उनीहरूका केही तस्वीर पनि देखिएका छन्, जुन ईशाकी आमा पूनम रिखीले सेयर गरेको भनिएको छ ।

अहिले बादशाह ‘तातिरी’ गीतलाई लिएर विवादमा छन् । यस्तो अवस्थामा विवाहबारे यसअघि कुनै चर्चा थिएन । तर ईशाकी आमा पूनमले इन्स्टाग्राममा दुवैको तस्वीर सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो । फोटोमा उनीहरू दुलाहा-दुलहीको रूपमा देखिन्छन् ।

त्यही पोस्टमा उनीहरूको एउटा भिडियो पनि छ, जसबाट विवाह निकै निजी रूपमा सम्पन्न गरिएको देखिन्छ । भिडियोमा भीडभाड वा ठूलो समारोह देखिँदैन, केवल परिवारका नजिकका सदस्यहरू मात्र उपस्थित रहेको बुझ्न सकिन्छ ।

पूनमले सेयर गरेको पोस्टमा करिब १० वटा झलक समावेश छन्, जसमा विवाहका क्षणदेखि त्यसपछिका तस्वीर पनि समेटिएका छन् । एउटा भिडियोमा बादशाह र ईशा एकअर्कालाई माला लगाउँदै गरेको देखिन्छ ।

अर्को भिडियोमा, दुलहीले माला लगाइदिएपछि बादशाहले रमाइलो गर्दै त्यही मालाले उनको घाँटी हल्का कसेको दखिन्छ । यो देखेर दुलही हाँस्न थाल्छिन्, जसले माहोललाई अझै रमाइलो बनाएको देखिन्छ ।

पोस्टको क्याप्सनमा ईशाकी आमा पूनमले लेखेकी छन्, ‘भगवानले तिमीहरू दुवैलाई आशीर्वाद दिउन् ।’ तर यसबाहेक बादशाह वा ईशा दुवैले आफ्नो विवाहबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसले गर्दा यो विषय अझै केही रहस्यमय बनेको छ ।

बादशाह र ईशा करिब चार वर्षदेखि एकअर्कासँग सम्बन्धमा थिए । ईशा रिखी पञ्जाबी अभिनेत्री हुन्, जसले सन् २०१३ मा ‘जट्ट ब्वायज पुत्त जट्टां दे’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

उनीहरूको भेट एक साझा साथीमार्फत भएको बताइन्छ । त्यसपछि ईशाले सन् २०१८ मा बलिउडमा प्रवेश गर्दै ‘नवाबजादे’ फिल्ममा अभिनय गरिन् । उक्त फिल्ममा वरुण धवन, राघव जुयाल र पुनीत पाठक पनि देखिएका थिए ।

यसअघि बादशाहले जैस्मिन मसीहसँग विवाह गरेका थिए र उनीहरूकी एक छोरी पनि छिन् । सन् २०२० मा उनीहरूबीच सम्बन्धविच्छेद भएको थियो ।

एक अन्तर्वार्तामा बादशाहले आफ्नो वैवाहिक जीवन छोरीका लागि राम्रो नभएको बताएका थिए । ‘प्रखर के प्रवचन’ पोडकास्टमा उनले यसबारे बोल्दै भनेका थिए, ‘हामीले सबै प्रयास गरेका थियौं । सम्बन्ध जोगाउन सकेसम्म कोसिस गर्‍यौं र आफूसँग भएको सबै कुरा दिइयो । तर अन्ततः हामी छुट्टिनुपर्ने अवस्था आयो, किनकि त्यो हाम्रो बच्चाका लागि ठीक थिएन ।’

उनले थपेका छन्, ‘मलाई छोरीसँग भेट्ने मौका त मिल्छ, तर धेरै पटक होइन, किनकि उनी लन्डनमा बस्छिन् ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?