News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हामी तीन भाइ' को अग्रिम टिकट बिक्री १३ चैतदेखि खुलेको छ र यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउनेछ।
- केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मको रनटाइम १३७ मिनेट छ र यसमा विनोद न्यौपाने लगायत कलाकारको अभिनय छ।
- फिल्मले तीन दाजुभाइबीचको सम्बन्ध र धनसम्पत्तिले आउने दरारको कथा प्रस्तुत गरेको छ र निर्माताले दर्शकले रुचाउने विश्वास लिएका छन्।
काठमाडौँ । १३ चैतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ को अग्रिम टिकट बिक्री खुलेको छ । मधुसुधन भट्टराई निर्देशित फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।
केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १३७ मिनेट छ । क्यूएफएक्स, आइएनआइसहितका हलहरूले मंगलबार बेलुकादेखि नै टिकट खुलाएका हुन् ।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा लगायतको अभिनय छ ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । तीन दाजुभाईबीचको सम्बन्ध र धनसम्पत्तिले उनीहरूबीच आउने दरारको कथा यसमा छ ।
सामाजिक कथावस्तुसहित कमेडी पनि भएकाले दर्शकले रुचाउने विश्वास निर्माताको छ । फिल्ममा सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे छन् ।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन् । प्रारम्भिक विवरणमा फिल्मले शोज कम पाएपनि बलियो ‘वर्ड अफ माउथ’ पाएको खण्डमा शोज संख्यामा वृद्धि हुने आशा निर्माताले लिएका छन् ।
शुक्रबारदेखि हलिउडको एक्सन, हरर र कमेडी फिल्म ‘दे विल किल यू’ पनि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4