+
+
Shares

आगामी बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिन सुझाव

वर्तमान व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले निर्यातजन्य प्रवर्द्धनात्मक कार्यक्रम अझ प्रभावकारी बनाउन बजेट तर्जुमा अघिको तयारी स्वरूप कार्यक्रम आयोजना गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आगामी आव २०८३/८४ को बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिन सुझाव दिएको छ।
  • केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यातकर्ताको भावना बजेटमा समेटेर निर्यातमा नयाँ गति र दिशा दिन आवश्यक भएको बताए।
  • निराजनबहादुर चलाउनेले निर्यात प्रवर्द्धनात्मक बजेटको आकार र दायरा दुवै बढाउनुपर्ने र समस्या समाधानमा प्राथमिकता दिनुपर्ने बताए।

१० चैत, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आगामी आव २०८३/८४ को बजेटबारे आयोजना गरेको छलफलमा निर्यातकर्ता, वस्तुगत महासंघ र उद्योग वाणिज्य क्षेत्रसँगका प्रतिनिधिमूलक संघसंस्थाका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निर्यातकर्ताको भावना बजेटमा समेटेर देशको समग्र निर्यातमा नयाँ गति र दिशा दिन आवश्यक भएको बताए ।

वर्तमान व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले निर्यातजन्य प्रवर्द्धनात्मक कार्यक्रम अझ प्रभावकारी बनाउन बजेट तर्जुमा अघिको तयारी स्वरूप कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन विकास समिति सदस्य निराजनबहादुर चलाउनेले निर्यात प्रवर्द्धनात्मक बजेट आकार र दायरा दुवै बढाउनुपर्ने बताए ।

निर्यातकर्ताले वास्तविक रूपमा भोगिरहेका समस्या समाधानमा आगामी बजेटमा प्राथमिकता दिन पहल गर्ने उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?