+
+
Shares

पश्चिम एसियामा द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफको अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १७:२१

१० चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहँदा लेबनानमा ११८ र कुवेतमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफको अनुमान छ ।

युनिसेफकी उप कार्यकारी निर्देशक टेड चाइबानले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गरेकी छन् ।

युनिसेफले लामो हिंसा जारी रहेमा मध्यपूर्वमा गहिरो सङ्कट उत्पन्न हुने चेतावनी दिएको छ । निर्दोष बच्चाहरूको मृत्युले जनताको विश्वास कमजोर भई वैज्ञानिक क्षमतामा समेत स्थायी क्षति पुग्ने युनिसेफले भनेको छ ।

विनाशकारी युद्धको लगभग एक महिना बितिसक्दा तेल, इन्धन र ग्यासको मूल्यवृद्धिमा विश्व अर्थतन्त्रलाई हल्लाउँदै दूरगामी प्रभाव बढाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मध्यपूर्वमा हवाई क्षेत्र, यातायात, ढुवानी मार्ग र प्रमुख मानवीय सीमाहरूमा अवरोध र बन्दले आधारभूत सामान र औषधिहरूको उपलब्धता र मूल्यसहित मानवीय सञ्चालन र व्यावसायिक आपूर्ति शृङ्खलालाई असर गरिरहेको जनाइएको छ ।

होर्मुजको जल क्षेत्रमा व्यापारिक जहाजहरूमा भएका आक्रमणले आधारभूत आपूर्तिको वितरणलाई खतरामा पारी खाद्यान्नको मूल्य वृद्धि र जोखिम उच्च पारेको जनाइएको छ ।

खाद्य सुरक्षालाई खतरामा पार्दै बजार प्रभावित भएकाले एसिया र अफ्रिकी महादेशका विकासोन्मुख देशहरूलाई सबै भन्दा बढी असर पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ । –रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?