News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको दिल्लीको एम्समा निधन भएको छ।
- सर्वोच्च अदालतले ११ मार्चमा हरिशलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो।
- हरिश सन् २०१३ देखि कोमामा थिए र मार्च १४ मा उनलाई एम्सको प्यालिएटिभ केयर युनिटमा सारिएको थियो।
काठमाडौं । भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीको एम्समा निधन भएको छ ।
११ मार्चमा भारतको सर्वोच्च अदालतले फैसला सुनाउँदै हरिशलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो ।
पीटीआईका अनुसार ३१ वर्षीय हरिश सन् २०१३ देखि कोमामा थिए । उनलाई मार्च १४ मा गाजियाबादस्थित उनको घरबाट एम्सको डा. बीआर अम्बेडकर इन्स्टिच्युट रोटरी क्यान्सर अस्पतालको प्यालिएटिभ केयर युनिटमा सारिएको थियो ।
हरिश पञ्जाब विश्वविद्यालयमा बिटेकका विद्यार्थी थिए । सन् २०१३ मा उनी चौथो तल्लाको बाल्कोनीबाट खसेका थिए । जसका कारण उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सोही समयदेखि उनी कोमामा थिए । उनलाई कृत्रिम पोषण र बेलाबेलामा अक्सिजन सपोर्ट दिएर राखिएको थियो ।
हरिश राणाका बुबाका अनुसार भारतमा पहिलो पटक सर्वोच्च अदालतले उनलाई ‘स्वेच्छिक मृत्यु’ को अनुमति दिएको थियो ।
प्रतिक्रिया 4