News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालले २१ फागुनमा चुनावको पूर्वसन्ध्यामा भिडियोमार्फत वैकल्पिक राजनीतिक दलप्रति असन्तुष्टिपूर्ण प्रतिक्रिया जनाएका थिए।
- हमालले देश चलाउन अनुभवी र रणनीतिक सोच भएका व्यक्ति चाहिने बताएका थिए र नयाँ शक्तिलाई अपरिपक्व भनेका थिए।
- उनको अभिव्यक्तिप्रति रास्वपा समर्थकले गाली गरेका छन् र उनलाई ‘पुराना दलको एजेन्ट’ र ‘परिवर्तन विरोधी’ आरोप लगाएका छन्।
काठमाडौं । यो चुनावी माहोलबीच अभिनेता राजेश हमालले भने सामाजिक सञ्जालमा गाली खाइरहेका छन् । कारण किन ?
२१ फागुनमा सम्पन्न चुनावको पूर्वसन्ध्यामा हमालले भिडियोमार्फत जेनजीसहित वैकल्पिक राजनीतिक दलप्रति असन्तुष्टिपूर्ण प्रतिक्रिया जनाएका थिए । साथै, देश चलाउन अनुभवी व्यक्ति चाहिने बताएका थिए ।
नेपालको भूराजनीतिका कारण नेपाली राजनीति सधैँ पेचिलो हुने गरेको र यसबाट देशलाई जोगाउन फरेन पोलेसी बुझेको र रणनीतिक सोच भएको व्यक्ति चाहिने बताएका थिए ।
छिमेकीसहित सबै देशलाई मिलाएर लैजाने व्यक्ति चाहिले अन्यथा नेपालको सार्वभौमिकतामाथि खतरा पैदा हुनसक्ने उनले बताएका थिए । लहड, उक्साहट, बहकाउ र पपुलारिटीभन्दा पनि देश चलाउन रणनीतिक रुपमा सफल र सक्षम व्यक्ति चाहिनेमा उनको जोड थियो ।
पुराना दलहरूको छवि धमिलिएको र नयाँ शक्ति भनाउँदाहरू अपरिपक्व रहेको टिप्पणी हमालले गरेका थिए ।
राजनीतिक संस्कार भएको भ्यक्तिको हातमा राज्यसत्ता पुग्नुपर्छ भन्ने राजेशको अभिव्यक्तिलाई रास्वपा समर्थकले रास्वपाविरुद्ध बोलेको रुपमा बुझेर उनलाई गाली गरिरहेका छन् ।
उक्त भिडियो सार्वजनिक भए लगत्तै हजारौँको संख्यामा नकरात्मक टिप्पणी ओइरिएका छन् । रास्वपा समर्थकले हमाललाई ‘पुराना दलको एजेन्ट’ र ‘परिवर्तन विरोधी’ भएको भन्दै टिप्पणी गरिरहेका छन् । धेरैले उनलाई ‘आउटडेटेड’ भएको आरोप लगाउँदै उनको सार्वजनिक कदमाथि नै प्रश्न उठाएका छन् ।
कतिपय समर्थकहरूले त हमाललाई ‘बहिष्कार’ गर्ने र उनको भिडियोलाई ‘रिपोर्ट’ गर्ने सम्मको चेतावनी दिएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘३० वर्ष देश लुट्नेहरूलाई अनुभवी देख्ने महानायकको चश्मा अब फेर्नुपर्ने बेला भयो ।” अर्का एक आक्रोशित समर्थकले लेखेका छन्, “हमाल जी, अब कलाकारितामै रमाउनुस्, जनताको विवेकलाई ‘लहड’ भनेर अपमान गर्ने अधिकार तपाईंलाई छैन ।”
त्यस्तै, अर्का एक जनाले टिप्पणी गरेका छन्, “कलाकारितामा तपाईंको सम्मान थियो, तर परिवर्तनको लहरलाई उक्साहट देख्नु तपाईंको ठूलो भूल हो । अब नयाँ पुस्ताको पालो हो ।”
प्रतिक्रिया 4