+
+
Shares

कृषि गेम रियालिटी शो ‘र’को प्रसारण हिमालय टिभीमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ बिहीबारदेखि हिमालय टेलिभिजन र ओएसआर युट्युबमा प्रसारण सुरु भएको छ।
  • अभिनेता राजेश हमालले होस्ट गरेको शोले कृषकलाई सशक्त बनाउने र कृषि व्यवसायलाई सम्मानित पेशा बनाउन मद्दत गर्ने उद्देश्य राखेको छ।
  • निर्देशक शैलेश कँडेलका अनुसार शोले कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्न सहयोग पुर्‍याउनेछ।

काठमाडौं । कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’को प्रसारण विहीबारदेखि सुरु भएको छ । विहिबार राति ८ बजे हिमालय टेलिभिजन र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमा शो स्ट्रिमिङ भए ।

बुधबार प्रिमियर शो आयोजना गरिएको थियो । कार्यक्रमको होस्टको रुपमा अभिनेता राजेश हमाल छन् । निर्देशन शैलेश कँडेलले गरेका हुन् ।

कँडेलका अनुसार, कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्‍याउनु शोको उद्देश्य हो ।

प्रस्तोता हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

हमालका अनुसार, शोले दर्शकलाई कृषिकर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारीसहित मनोरञ्जन र प्रेरणा प्रदान गर्नेछ । शोमा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीबीच प्रतिस्पर्धा देख्न सकिनेछ ।

शोका निर्माताका अनुसार, ‘रिभोल्युसनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?