News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालले पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट गरेका छन्।
- हमालले सामाजिक सञ्जालमा बुवासँगको सम्बन्धमा राहत दिलाउने भेटको जानकारी दिएका छन्।
- जलिल अब्बास जिलानीले हमालका बुवाको निधनदेखि शव नेपाल ल्याउन सहयोग गरेका थिए।
काठमाडौँ । अभिनेता राजेश हमाल बुधबार पाकिस्तानी दूतावास पुगे । औपचारिक कामले भने उनी त्यहाँ गएका होइनन् । बरु, आफ्ना बुवासँग संगत गरेका पाकिस्तानका पूर्वकूटनीतिज्ञसँग भलाकुसारी गर्न उनी त्यहाँ गएका थिए ।
हमालले यसको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । पाकिस्तानमा नेपाली राजदूत हुँदा हृदयाघातबाट निधन भएका हमालका बुवा चुडाबहादुरसँग जोडिएका पाकिस्तानका पूर्वविदेशमन्त्री तथा सचिव जलिल अब्बास अब्बानीलाई भेट्न उनी दूतावासमा पुगेका थिए ।
ती दुईले भेटमा मार्मिक सम्झना बाँडे । ओहदाको प्रमाणपत्र बुझाएर राजदूत हमाल निवासमा फर्किँदा प्रोटोकलको रुपमा अब्बानी सँगै फर्किएको देखि राजदूत हमालको निधनसम्मका क्षण छन् ।
निवासमा छाडेर अब्बानी फर्कन लाग्दा राजदूत हमाल सिँढीमा हृदयघातले भुइँमा पछारिए । अब्बानीले तत्कालै अस्पतालतिर लैजान खोजे । अस्पताल नपुग्दै राजदूत हमालको निधन भयो ।

राजदूत हमालको शवलाई उनै अब्बानीले नेपालमा ल्याएर परिवारलाई बुझाएका थिए । पछि अब्बानी विदेश सचिव हुँदै विदेशमन्त्रीसम्म बन्न सके ।
हमालले अनलाइनखबरसँगको एक अन्तर्वार्तासहित हालै प्रकाशित आत्मकथा ‘युगदेखि युगसम्म’ मा बुवासँगको सम्बन्धबारे कुरा गरेका छन् । बुवाको उत्तराद्र्धको समयमा उहाँसँग बोलचाल बन्द रहेको स्मरण उनले गरेका छन् ।
अब्बानीसँगको भेटमा पाकिस्तानी राजदूत अबरार ए हाश्मी पनि थिए ।
यसको जानकारी फेसबुकमा दिँदै हमालले लेखेका छन्, ‘पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट्दा धेरै खुशी लाग्यो । मेरा बुबाले प्रमाणपत्र बुझाउँदादेखि उहाँ बित्दासम्म श्री जिलानी साथमा हुनुहुन्थ्यो । यो अवसरका लागि पाकिस्तानका महामहिम राजदूतलाई धन्यवाद । श्री जिलानीसँगको भेटले बुबासँगको सम्बन्धमा केही राहत दिलायो ।’
प्रतिक्रिया 4