+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मलाई पुस्तकमा जीवन छताछुल्ल पार्दा कठिन लागेको थियो : राजेश हमाल

‘पुस्तक लेख्ने कार्य कठिन रहेछ । मलाई त झनै कठिन भयो, किनकि म व्यक्तिगत कुरा झट्टै साट्ने चाहने मानिस होइन । तर, पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लाग्यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउन इमान्दारिताको साथ काम गर्न आवश्यक रहेको बताएका छन्।
  • उनले पुस्तक लेख्न ३ वर्ष लागेको र जीवनका विभिन्न पक्ष इमान्दारिता साथ समेटिएको बताए।
  • हमालले जीवन, परिचय र अनुभव विषयमा सहजकर्ता अभय पाण्डेसँग मन्थन गरेका थिए।

काठमाडौं । अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए ।

किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको बताएका हुन् ।

‘पुस्तक लेख्ने कार्य कठिन रहेछ । मलाई त झनै कठिन भयो, किनकि म व्यक्तिगत कुरा झट्टै साट्ने चाहने मानिस होइन । तर, पुस्तकमा जीवन छताछुल्ल पार्नुपर्दा कठिन लाग्यो । मैले प्रकाशकसँग आफ्ना विषय छताछुल्ल पार्न गाह्रो हुन्छ पनि भनेको थिएँ । त्यसपछि उहाँले एउटा फर्मेट दिनुभयो र, पुस्तक तयार भयो’, उनले भने ।

पुस्तक लेख्दा ६ महिनादेखि एक वर्षमा सकिएला भन्ने लागेकोमा ३ वर्षमा सकिएको उनले बताए । यस बीचमा लेखक योगेशसँग हृदयका गहिराइका कुरा आफूले गरेको अनुभूति उनले सुनाए ।

पुस्तकमा जीवन, बाल्यकाल, भोगाइ, समाज र यसप्रति मेरो जिम्मेवारी, दृष्टिकोणलगायत विषय पुस्तकमा असाध्यै इमान्दारिता साथ समेटिएको उनले बताए । पुस्तकमा जीवनका विभिन्न विन्दुमा भेटघाट भएका व्यक्तिको जीवनलाई छुँदा भने अलि संवेदनशील भएको उनी बताउँछन् ।

यससँगै जिन्दगी र विज्ञापन विषयमा सहजकर्ता अभय पाण्डेसँग हमाले जीवन, परिचय र अनुभव जस्ता जीवनका आयामहरूबारे मन्थन गरेका थिए।

‘मान्छेको सबैभन्दा रुचिको विषय भनेको अर्को व्यक्ति हो । म कस्तो देखिएको छु, मलाई के सोचिरहेका छन् भन्ने अर्को व्यक्तिको सोचाइमा छ कि छैन भन्ने कुरा मान्छेको दिमागमा खेलिरहेको हुन्छ । तपाईं एकदम भयंकर हुनुपर्छ भन्ने छैन । हरेकको आफ्नै विन्दु र दृष्टिकोण हुन्छ । बौद्धिक रुपमा मात्र हामी फरक हुने हो । सिर्जना गर्ने व्यक्तिलाई आ-आफ्नो हिसाबले सिर्जना गर्ने स्वतन्त्रता हुनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?