News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता सुनिल थापाको निधनमा भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ खबर प्रकाशन र प्रसारण गरिरहेका छन्।
- अभिनेत्री प्रियंका चोपडाले थापालाई आफ्नो कोच र कठिन समयमा साथ दिने व्यक्ति भन्दै भावुक श्रद्धाञ्जली व्यक्त गरिन्।
- बलिउड अभिनेता मनोज बाजपेयीले थापाको निधनले आफूलाई गहिरो दुःखी बनाएको र 'द फ्यामिली म्यान' का सम्झनाहरू सधैँ मनमा रहने बताए।
काठमाडौं । अभिनेता सुनिल थापाको निधनमा बलिउड समेत स्तब्ध बनेको छ । उनको निधनबारेको खबरलाई भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशन, प्रसारण गरिरहेका छन् ।
थापाकी ‘मेरी कोम’ को-एक्टर प्रियंका चोपडाले भावुक नोट पोस्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् । आफूलाई कठिन समयमा थापाले साथ दिएको सम्झिँदै प्रियंकाले उनी सँधै आफ्नो कोच भएर रहिरहने उल्लेख गरेकी छन् ।
सुनिलसँग चर्चित भारतीय सिरिज ‘द फ्यामिली म्यान सिजन ३’ मा अभिनय गरेका चर्चित बलिउड अभिनेता मनोज बाजपेयीले पनि उनको निधनमा दुःख व्यक्त गरेका छन् ।
बाजपेयीले इन्स्टाग्राम स्टोरीमार्फत थापाको निधनबारे एउटा पोस्ट सेयर गरेका छन् । अनुभवी अभिनेताको निधनको खबरले आफूलाई गहिरो दुःखी बनाएको उनले लेखेका छन् ।
शोक व्यक्त गर्दै बाजपेयीले थापाको मृत्युको खबरले आफू अत्यन्तै दुखी भएको बताए र ‘द फ्यामिली म्यान’ का सम्झनाहरू सधैँ मनमा रहने उल्लेख गरे ।
प्रतिक्रिया 4