+
+
Shares

विश्वविद्यालय उत्कृष्ट रजना त्वानाबासु सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १९:५२

२४ माघ, चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । स्नातक तह कम्प्युटर इन्जिनियरिङ छैटौं सेमेस्टरमा ४ जीपीए ल्याएर पोखरा विश्विवद्यालय टपर भएकी उनलाई सम्मान गरिएको हो ।

भरतपुर उपमहानगरपालिका ११ स्थित युनाईटेड टेक्निकल कलेजकोे शनिबार भएको स्वागत तथा बिदाइ कार्यक्रममा उनी सम्मानित भएकी हुन् ।

उनलाई कार्यक्रमका बिशिष्ट अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले दस हजार नगदसहित सम्मानित गरेका हुन् ।

त्वानाबासु स्नातक तह कम्प्युटर इन्जिनियरिङमा पूर्ण छात्रवृतिमा कलेजमा अध्ययनरत गर्दै आएकी छिन् । अध्ययनसँगै उनले अन्य विभिन्न विधाहरुमा पनि प्रथम स्थान हासिल गर्दै आएकी छिन् ।

कलेजका संचालक समितिका अध्यक्ष खनालले कलेजबाट अध्ययरत विद्यार्थीहरूको भविष्य राम्रो हुने विश्वास व्यक्त गरे । भविष्यमा पनि कुनै सहयोग चाहिएमा हरदम तयार रहेको खनाल बताउँछन् । नयाँ विद्यार्थीलाई इमानदारीपूर्वक अध्ययन गर्न उनले सुझाव दिए ।

कार्यक्रममा स्नातकोत्तर र अन्य बिधामा ४ जिपिए ल्याएकालाई पनि सम्मानित भएका थिए । कार्यक्रममा शिक्षकहरुमध्येमा विभागीय प्रमुख ई निरज बोहरा तथा लाइब्रेरीयन मीरा प्याकुरेलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरुमा उत्कृष्टहरुलाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो । यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?