+

रविलाई सेलुलाइटिसको समस्या, कति गम्भीर ?

२०८२ माघ  १४ गते २१:४२ २०८२ माघ १४ गते २१:४२

शरीरमा वाह्य भाइरस, फंगल, किटाणुको संक्रमण गर्दा प्रतिरक्षा प्रणाली संक्रमण विरुद्ध लड्न नसकेपछि सेप्सिस हुन्छ । यो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले वाह्य संक्रमण विरुद्ध असामान्य प्रतिक्रिया देखाउँछ ।

रविलाई सेलुलाइटिसको समस्या, कति गम्भीर ?

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोट लाग्यो । तर उनले सामान्य रूपमा लिए । केही औषधि खाए । चोट निको नहुँदै उनी आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फको चुनावी दौडमा हिँडे ।

कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् । दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो । खुट्टा रातो भयो ।

चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे ।

आकस्मिक कक्षमा भर्ना भएपछि चिकित्सकले परीक्षण गरे । प्रारम्भिक परीक्षणमा घाउ गम्भीर देखिएपछि अल्ट्रासाउन्ड गरियो । अल्ट्रासाउन्डमा केही जमेको जस्तो देखियो । अनि थप परीक्षणका लागि कल्चर परीक्षण गरियो । जसमा रविलाई ‘सेलुलाइटिस’ भएको पत्ता लाग्यो ।

‘खुट्टामा चोट लागेपछि डाक्टरलाई देखाएर औषधि लिनुभएको रहेछ । तर नियमित सेवन नगर्दा भने समस्या बल्झिँदै गएपछि मंगलबार अस्पताल भर्ना हुनुभएको छ,’ त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले भने ।

त्रिवि शिक्षण अस्पताल ।

हाल लामिछाने क्याबिनमा उपचाररत छन् । डा. सेढाईंका अनुसार रविलाई छालामुनिको संक्रमण भएको हो । जसलाई सेलुलाइटिस भनिन्छ ।

उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।

‘अहिले स्टेबल हुनुहुन्छ । सेलुलाइटिस हुँदा छालाको भाग रातो हुन्छ । घाउको रंग परिवर्तन हुँदै गएपछि डिस्चार्ज गर्न सकिन्छ,’ डा. सेढाईंले भने ।

चिकित्सकका अनुसार नसामार्फत एन्टिबायोटिक सामान्यतया एक हप्ता दिनुपर्छ । तर घाउको रंग परिवर्तन हुँदै गएमा अबको तीन दिनमा डिस्चार्ज गर्न सकिने डा. सेढाईंले जानकारी दिए ।

त्यसपछि भने घरमै पनि औषधि लिन सकिने डा. सेढाईंले बताए ।

के हो सेलुलाइटिस ?

‘सेलुलाइटिस’ छालामुनि हुने एक प्रकारको संक्रमण हो । समयमा उपचार नगरेमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. दिपेन्द्र पाण्डेका अनुसार सेलुलाइटिस छालाको सतहमुनि र मासुको बाहिरी भागको बीचमा रहेको खाली ठाउँमा हुने संक्रमण हो ।

चिकित्सा भाषामा यसलाई ‘सब्क्युटेनियस स्पेस’ भनिन्छ । ‘छाला र मासुको बीचको भागमा यो संक्रमण फैलिन्छ,’ डा. पाण्डे भन्छन् ।

यस समस्या हुँदा संक्रमण भएको दुख्ने, रातो हुने र सुन्निने हुन्छ । उनका अनुसार, संक्रमण बढ्दै गएमा ज्वरो पनि आउन सक्छ ।

सेलुलाइटिस हुँदा देखिने समस्या/प्रतीकात्मक तस्वीर

सेलुलाइटिसको समयमा उपचार नगरेमा गम्भीर जटिलता निम्त्याउन सक्छ। डा. पाण्डेका अनुसार, संक्रमण फैलिँदै गएमा भित्रको मांसपेशीसम्म पुग्न सक्छ ।

‘धेरै फैलियो भने मांसपेशीको पनि संक्रमण हुन्छ र पिप जम्न सक्छ । कतिपय अवस्थामा शल्यक्रियाकै आवश्यकता पर्छ,’ डा. पाण्डे भन्छन् ।

विशेष गरी ज्येष्ठ नागरिक, मधुमेह रोगी र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा सेलुलाइटिस समस्या ‘सेप्सिस’ मा परिणत हुने खतरा बढी हुन्छ ।

सेप्सिस रगतमा फैलिने गम्भीर संक्रमण हो, जसले ज्यान जोखिममा पार्न सक्छ ।

डा. पाण्डेका अनुसार रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा र समयमै उपचार गर्दा सेलुलाइटिसको समस्या निको हुन्छ ।

शरीरमा वाह्य भाइरस, फंगल, किटाणुको संक्रमण गर्दा प्रतिरक्षा प्रणाली संक्रमण विरुद्ध लड्न नसकेपछि सेप्सिस हुन्छ । यो अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले वाह्य संक्रमण विरुद्ध असामान्य प्रतिक्रिया देखाउँछ ।

प्रतिरक्षा प्रणाली अति सक्रिय भइदिन्छ । यस्तोमा संक्रमणविरुद्ध लड्नुको साटो प्रतिरक्षा प्रणालीले उल्टो शरीरमा असामान्य प्रतिक्रिया देखाई तन्तु तथा अंगलाई आफैं हानि गर्न सुरु गर्छ । जसकारण शरीरको सबै भाग सुन्निन्छ । वाह्य संक्रमण रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिन्छ ।

डा. दिपेन्द्र पाण्डे ।डा. पाण्डेका अनुसार प्रारम्भिक चरणमा समस्याको पहिचान भए एन्टिबायोटिकबाट नै उपचार सम्भव हुन्छ । ‘एक हप्तासम्म एन्टिबायोटिक दिएर र घाउको नियमित ड्रेसिङ गरेर उपचार गरिन्छ ।’

तर, पिप जमिसकेपछि भने शल्यक्रिया गरेर निकाल्नुपर्ने हुन्छ । अन्य अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना गरी नसाबाट एन्टिबायोटिक दिइन्छ ।

डा. पाण्डेका अनुसार रोग प्रतिरोधात्मक क्षमता राम्रो भएमा र समयमै उपचार गर्दा सेलुलाइटिसको समस्या निको हुन्छ ।

त्रिवि शिक्षण अस्पताल रवि लामिछाने रास्वपा सेलुलाइटिस समस्या
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

गर्भावस्थामा हुने तनावले बच्चालाई प्रभाव पार्छ ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)