+
+
Shares

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

समापन कार्यक्रममा क्यान्सर विजेता समेत रहेका राइडर हर्क लामाले यस साइकल अभियान यात्राको उद्देश्यमाथि प्रकाश पारे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान्सर प्रभावित विपन्नको उपचारका लागि १८०० किलोमिटर साइकल यात्रा २०२६ जनवरी १ मा पाँचथरबाट सुरु भई बैतडीको झुलाघाटमा जनवरी २७ मा सम्पन्न भएको छ।

१३ माघ, काठमाडौं । क्यान्सर प्रभावित विपन्नको उपचारका लागि कोष संकलन गर्ने उद्देश्यले आयोजना गरिएको पूर्व-पश्चिम साइकल यात्रा सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ मा पाँचथरको चिवाभञ्ज्याङबाट साइकल यात्रा सुरु भएको थियो ।

मध्यपहाडि लोकमार्ग हुँदै आज जनवरी २७ मा बैतडी जिल्लाको झुलाघाट पुगेर साइकल यात्रा सम्पन्न भएको अभियानको नेतृत्व गरिरहेका डा.सुमन ताम्राकारले जानकारी दिए।

साइकल यात्राका प्रमुख राइडर धुलिखेल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुली रहेका छन् । उनीसँगै क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकार पनि साइकल यात्रामा सहभागी थिए । साइकल यात्रामा सहभागी अन्य यात्राहरू विकास महर्जन, भाइराजा महर्जन, मचाकाजी महर्जन, केशब केसी र उषा खनाल रहेका थिए ।

साइकल यात्रा समापन कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद पौडेल, सहायक प्रजिअ कृष्ण थापा, सशस्त्र प्रहरी बलका डिएसपी जङ्गबहादुर कुँवर, जनपद प्रहरीका डीएसपी दिपक कुमार रायको उपस्थिति थियो । त्यसैगरी बैतडी अस्पतालका डा. प्रविन उपाध्याय, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र थापासमेत कार्यक्रममा उपस्थित थिए ।

समापन कार्यक्रममा क्यान्सर विजेता समेत रहेका राइडर हर्क लामाले यस साइकल यात्रा अभियानको उद्देश्यमाथि प्रकाश पारे । कविता चित्रकारले आफ्नो क्यान्सर अनुभव र साइकल अनुभव सुनाएकी थिइन्।  अर्का राइडर डा. विकास पराजुलीले यस अभियानको सोच कसरी सुरु भयो भन्नबारे सुनाउँदै उपचार कोषको उपयोग विधिबारे पनि जानकारी दिए ।

प्रजिअ पुण्यप्रसाद पौडेलले चिवाभन्ज्याङ देखि झुलाघाटसम्म १८०० किलोमिटर साइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । संकलित रकम धुलिखेल अस्पतालमा सही तरिकाले गरिब एवं आर्थिक हिसाबले विपन्न क्यान्सर प्रभावितको उपचारमा उपयोग गरिने विश्वास व्यक्त गरे ।

डिएसपीद्वय जङ्गबहादुर कुँवर र दिपक कुमार राय, डा. प्रविन उपाध्याय र देवेन्द्र थापाले साइकल यात्राको टोलीलाई बधाई दिए ।

यस साइकल यात्रा साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पताललको सहकार्यमा आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?