News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गरेका छन्।
- दीपेन्द्रले मुम्बईको वानखेडे स्टेडियममा इंग्लयाण्ड विरुद्धको खेलमा ४४ रन बनाएर यो उपलब्धि हासिल गरेका हुन्।
- उनी टी२० आईमा दुई हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् र ९१ खेलमा ७९ इनिङ्स खेलेका छन्।
मुम्बई । नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गरेका छन् ।
उनले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा भइरहेको इंग्लयाण्ड विरुद्धको खेलमा ४४ रन बनाएपछि उक्त उपलब्धी पूरा गरेका हुन् । उनी टी२० आईमा दुई हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
त्यसका लागि दीपेन्द्रले ९१ खेल खेल्दा ७९ इनिङ्समा ब्याटिङ गरेका थिए । उनको व्यक्तिगत उच्च स्कोर अविजित ११० रन हो ।
दीपेन्द्रले टी२० आईमा १ शतक र १० अर्धशतक प्रहार गरेका छन् ।
यस्तै दीपेन्द्रले ओडिआईमा भने ६८ खेलमा १ हजार २४१ रन बनाएका छन् । उनी ओडिआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा छ । ओडिआईमा भने कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक २ हजार रन बनाएका छन् ।
यस्तै दीपेन्द्रले टी२० आईमा ६० विकेट पनि लिएका छन् र सर्वाधिक टी२०आ२ विकेट लिनेमा पाँचौ स्थानमा छन् ।
प्रतिक्रिया 4