+
+
Shares

होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १८ फागुनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ।
  • सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ।

१८ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?