+
+
Shares

सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको भाउ पनि शुक्रबार तोलामा २० रुपैयाँ घटेर ५ हजार ४९५ रुपैयाँ पुगेको छ।

२९ फागुन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?