+
+
Shares

सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो  ३ लाखमुनि

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ११५ रुपैयाँ घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ।
  • गत माघ १५ गते सुनको भाउ ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

६ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

रेकर्ड मूल्यबाट सुनको भाउ करिब ४५ हजार रुपैयाँ घटिसकेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?