+
+
Shares

तोलामा १ हजार ३ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • सोमबार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेर ५ हजार १९० रुपैयाँमा कायम भएको छ।
  • गत सोमबार सुनको भाउ २ लाख ९६ हजार ७ सय र चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

७ वैशाख, काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो । गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?