+
+
Shares

सुनचाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम गरेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा ४५ रुपैयाँले बढी हो।

५ जेठ, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ केही बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै गत मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । । गत मंगलबार चाँदी ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?