News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले ४ जेठका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढेको छ भने गत सोमबारभन्दा घटेको छ।
- चाँदीको भाउ ४ जेठमा तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले घटेको हो।
४ जेठ, काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । त्यस्तै गत सोमबार सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ केही घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4