+
+
Shares

नेपाल-भारत मैत्री संघद्वारा अग्निपीडित परिवारलाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते ९:५६

४ जेठ, सप्तरी । नेपाल-भारत मैत्री संघ केन्द्रीय कार्यालयको सहयोग एवं जिल्ला शाखा सप्तरीको समन्वयमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ बभनगामा टोलका अग्निपीडित १२ परिवारलाई राहत वितरण गरिएको छ ।

संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरूप हन्डी, कराही, थाली, ग्लास, कर्छुल, छोलनी, कठौत, ससपेन, १२ पिस झुल तथा साडी वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपाल–भारत मैत्री संघकी केन्द्रीय सदस्य करुणा झाले विपद् तथा प्रकोपबाट जोगिन जनचेतना आवश्यक रहेको बताउँदै विद्युत् सुरक्षाप्रति सजग रहन आग्रह गरिन्। अध्यक्ष मनोज कुमार मुन्धडाले अग्निपीडित परिवारलाई थप राहत तथा सहयोग उपलब्ध गराउन संघ निरन्तर प्रयासरत रहने विश्वास व्यक्त गरे।

अग्निपीडित रामअवतार यादवले घर पुनर्निर्माणका लागि आवश्यक खम्बा तथा अन्य सामग्री व्यवस्थापनमा सहयोग गरिदिन विभिन्न संघ-संस्था तथा सरोकारवालासँग अपिल गरेका छन् ।

गत २०८३ वैशाख २६ गते साँझ करिब ७ बजे तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ स्थित स्थानीय रामअवतार यादवको घरछेउमा विद्युत् तार सर्ट भई अचानक आगलागी हुँदा आगोले भीषण रूप लिएको थियो। उक्त घटनामा १२ परिवारका घरमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

नेपाल-भारत मैत्री संघ जिल्ला शाखा सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघकी केन्द्रीय सदस्य करुणा झा, संघका उपाध्यक्ष ओमप्रकाश साह, छिन्नमस्ता अस्पतालका प्रतिनिधि दिपेन्द्र यादव, पत्रकार एवं मानवअधिकारकर्मी नविन यादवलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?