५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ ।
यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज अपराह्न सवा १ बजे बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4