News Summary
Generated by OK AI. Editorially reviewed.- चाँदीको भाउ एक सातामै ११.४४ प्रतिशतले बढेर बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ।
- अन्तर्राष्ट्रिय औद्योगिक माग बढेसँगै चाँदीको मूल्यमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
- सुनको भाउ पनि एक सातामा १.३ प्रतिशतले बढेर बिहीबार प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
३१ वैशाख, काठमाडौं । एक सातामै चाँदीको भाउ ११.४४ प्रतिशतले बढेको छ । पछिल्ला दिनमा लगातार मूल्य बढेको चाँदी बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय चाँदीको अन्तर्राष्ट्रिय औद्योगिक माग बढेसँगै मूल्यमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा ३५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ७१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
त्यस्तै आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक सातामा १.३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया 4