+
+
Shares

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा साढे १० हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ ।

५ असार, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?