News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ ।
- आइतबार चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ९७५ रुपैयाँमा झरेको छ ।
७ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ । गत आइतबार सुनको भाउ ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९८५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९७५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदी ४ हजार ७१० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4