News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ पुगेको छ।
- एक सातामै सुनको भाउ प्रतितोला ३६ हजार रुपैयाँले घटेको छ र अन्तर्राष्ट्रिय बजारको प्रभाव परेको छ।
- चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ तर विगत एक सातामा ८३० रुपैयाँले घटेको छ।
१० चैत, काठमाडौं । सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रह्यो ।
यस दिन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको छ ।
आज चाँदी भने सामान्य बढेको छ । प्रतितोला ८० रुपैयाँले चाँदीको भाउ बढेसँगै ४ हजार ५०५ रुपैयाँ पुगेको छ । चाँदी पनि विगत एक सातामा ८३० रुपैयाँ घटेको छ । गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4