+
+
Shares

सुन तोलामा ४६ सय घट्यो, चाँदीको कति ?

आज शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार हजार ६ सय रुपैयाँले घटेर तीन लाख एक हजार ६ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तीन लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।
  • चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले घटेर आज चार हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

२९ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँ घटेको हो । हिजो बिहीबार पनि सुन तोलामा ५ सय रुपैयाँ घटेको थियो ।

आज सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि घटेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला ९० रुपैयाँ घटेको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?