News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको छ।
२४ चैत, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
केही दिनयता सुनको भाउ उतारचढाव सामान्य बनेको छ । गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । आज चाँदी पनि सामान्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4