काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ ।
हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार चाँदी तोलामा ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4