+
+
Shares

घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते ११:१४

४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ ।

आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम छ ।

हिजो आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?