+
+
Shares

सुन प्रतितोला ११ सय बढ्यो, कतिमा कारोबार हुँदैछ चाँदी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते ११:४२

२८ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उकालो यात्रा कायमै छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ ।

हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो।

आज भने ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?