News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ।
- अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा मूल्य प्रभाव परेको छ।
- चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ।
२२ पुस, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता घट्न थालेको सुन अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि फेरि बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो ।
चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4