+
+
Shares

क्यानडाको विद्यालय र घरमा गोली चल्दा १० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १३:१५

२८ माघ, काठमाडौं ।क्यानाडाको ब्रिटिश कोलम्बियास्थित टुम्बलर रिज सेकेन्डरी स्कूल र एक घरमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ ।

विद्यालयभित्र ६ जना र अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो। अन्य दुई जनाको शव नजिकैको एक घरबाट बरामद गरिएको छ । आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेको आशंका गरिएको छ ।

दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । अन्य करिब २५ जना घाइतेहरूको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

बाँकी विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

प्रहरीले आक्रमणको उद्देश्य र आक्रमणकारीको परिचय खुलाएको छैन । क्यानेडियन सञ्चारमाध्यमका अनुसार, आक्रमणकारी महिला हुन सक्छिन् ।

ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड इबीले यस घटनालाई ‘अकल्पनीय त्रासदी’ भन्दै दुःख व्यक्त गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले घटना लगत्तै म्युनिख भ्रमण स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?