९ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ ११ हजार ४ सय रुपैयाँ घटेको छ । गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५९० रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ९९० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4