२ असार, काठमाडौं । मंगलबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ३ हजार ४ सय रुपैयाँ घटेको छ । गत मंगलबार सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4