+
+
Shares

तोलामा २ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
  • सरकारले बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि आइतबार सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो।

१८ जेठ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ थियो।

अघिल्लो दिन आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको थियो ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?