+
+
Shares

काठमाडौं युथ कन्क्लेभको झण्डा सगरमाथामा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते ७:२६

काठमाडौं । काठमाडौं युथ कन्क्लेभको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । युथ कन्क्लेभको प्रतिनिधिकारूपमा प्रतिनिधिसभा सदस्य समेत रहेका मिङ्मा डेभिड शेर्पाले गत बुधबार सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । शेर्पा ९ दिन लगाएर सगरमाथा आरोहण गरेर काठमाडौं फर्किसकेका छन् ।

काठमाडौं युथ कन्क्लेभको झण्डा बुधबार ५ बजेर ४० मिनेटमा सगरमाथा चुचुरोमा फहराइएको युथ कन्क्लेभका एक प्रतिनिधि प्रतिक खतिवडाले जानकारी दिए । सगरमाथा झण्डा फहराएपछि नेपाली युवाहरूको आशा, सपना र भावनालाई विश्वको शिखरमा पुर्याएकोप्रति एलिट एक्सेडलाई युथ कन्क्लेभले परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।

हजारौं युवाहरूले बोकेको सपना सगरमाथा सम्म पुगेको उनीहरूले बताए । काठमाडौं युथ कन्क्लेभको झण्डा सगरमाथामा उभिएको देख्न पाउनु गौरवको विषय भएको प्रतीक खतिवडाले बताए ।

आईटी क्षेत्रमा काम गर्दै आएको युथ कन्क्लेभ २०१९ मा दर्ता भएको थियो । यसले इन्टरनेट टेक्नोलोजिका विभिन्न आयाममा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?