News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
- चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढ्न गएको महासंघले जनाएको छ ।
१५ जेठ, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ घटेको सुन आज फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज मूल्य बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४० रुपैयाँमा भएको छ । गत शुक्रबार चाँदी ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4