News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
- त्यस्तै चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँ घटेर ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
१२ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलबार चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4