+
+
Shares

सर्लाहीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ९:१४

१२ जेठ, सर्लाही ।  सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीकै बागमती नगरपालिका-२ सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनी तीन/चारजनाको समूहमा बन्दु बोक बोकेर हिँडिरहेका थिए । उक्त समूह प्रहरीलाई देख्नासाथ भागेका थिए । तीमध्ये घलान पक्राउ परेका हुन् ।

उनको साथबाट भरुवा बन्दुक थान-१ (एक), सोही बन्दुकको फलामको रड थान-१ (एक), प्लाष्टिकको डब्बासहित कालो रंगको धुलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा ३५ (पैंतिस) ग्राम र स्टिलको डब्बासहित कालो रंगको धुलो पदार्थ १४० (एकसय चालिस ग्राम), साइकलमा प्रयोग हुने फलामको बल ८० (असी) थान र फलामको रडको टुक्रा ५ (पाँच) थान बरामद गरिएको छ ।

उनलाई हातहतियार खरखजानासम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?