३० वैशाख, डोटी । डोटीमा आफैले बोकेको भरुवा बन्दुक पड्किएर एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–४ बगर बस्तीका २५ वर्षीय करणबहादुर दर्लामी घाइते भएका हुन् ।
प्रहरीका अनुसार घरबाट बन्दुक बोकेर घर नजिकैको पिनाकेश्वर सामुदायिक वनतर्फ जाने क्रममा उनी लडेका थिए । सोही क्रममा बोकेको बन्दुक पड्किन पुगेको र दाहिने छातीमा छर्रा लागेको थियो । छर्राले पिठ्यूँसम्म छेडेको प्रहरीले बतायो ।
धनगढीमा उपचाररत रहेका दर्लामीको अवस्था गम्भीर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4