२२ फागुन, डोटी । डोटीमा नेकपा एमालेले सुरुवात देखि नै लिइरहेको अग्रता कायम राखिरहेको छ । एमालेबाट यहाँ अनेरास्ववियूका केन्द्रीय अध्यक्ष दीपक धामी उम्मेदवार छन् ।
हालसम्मको अपडेटअनुसार यहाँ धामीले ४ हजार ८७६ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतबहादुर खड्काले तीन हजार ९०८ मतसहित पछ्याइरहेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट उम्मेदवार रहेको सुदूरपश्चिम प्रदेशमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट दुई हजार ३१२ मतसहित चौथो स्थानमा छन् ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार नरेन्द्र खड्का छन् । उनले दुई हजार ८४० मत पाएका छन् ।
हालसम्म बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकाको पूरै मत र सायल गाउँपालिकाको वडा नम्बर १, २ र ४ नम्बर वडाको मतगणना सकिएको छ ।
प्रतिक्रिया 4