+
+
Shares

बेलायती प्रधानमन्त्री स्टार्मरको पद संकटमा, आफ्नै पार्टीका सांसद माग्दैछन् राजीनामा

अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १८:०९

३० वैशाख, काठमाडौं । आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए ।

अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका छन् ।

यसैबीचमा बुधबार स्टार्मरकै क्याबिनेटका स्वास्थ्य मन्त्री बेस स्ट्रीटिङले  प्रधानमन्त्री किएर स्टार्मरसँग महत्वपूर्ण बैठक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

स्ट्रीटिङलाई आगामी प्रधानमन्त्री पदको सम्भावित दाबेदारका रूपमा हेरिएको छ । यसअघि स्टार्मरले लेबर पार्टीभित्र उठिरहेको आफ्नो राजीनामाको मागलाई अस्वीकार गरेका थिए ।

यो घटनाक्रम बेलायती राजाले संसद्मा दिन लागेको भाषणअघि विकसित भइरहेको छ । सो भाषणमा राजा चार्ल्स तृतीयले स्टार्मर सरकारका नयाँ प्रस्तावित कानुन र योजना घोषणा गर्नेछन् ।

भाषणमा धेरै नयाँ विधेयक प्रस्ताव समावेश हुनसक्ने अनुमान गरिएको छ । तर स्टार्मरको नेतृत्वको सरकार नरहेमा ती योजना कार्यान्वयन हुन सक्ने वा नसक्नेबारे बेलायतमा चर्चापरिचर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?