२६ चैत, काठमाडौं । बेलायती प्रधानमन्त्री किएर स्टार्मर इरान युद्धको वार्ताका लागि यूएई पुगेका छन् ।
बिहीबार अबुधावीस्थित पवमानस्थलमा एक्जक्युटिभ अफेयर्स अथ्युरिटीका अध्यक्ष खलदुन अलिफाले प्रधामनन्त्री स्टार्मरलाई स्वागत गरे ।
अबुधाबी विमानस्थलमा स्टार्मरले मध्यपूर्वमा रहेका आफ्ना सहयोगी देशलाई स्ट्रेट अफ होर्मुज बन्द गर्न नहुने बताएका छन् ।
खाडी देशका प्रतिनिधिसँग क्षेत्रीय रक्षा सम्बन्धी एक कुराकानीका क्रममा स्टार्मरले युद्धका बेला बेलायत लगातार युद्धविरामका लागि आवाज उठाइरहेको बताएका हुन् ।
‘हामी लगातार तनाव कम गर्न र स्थायी युद्धविरामको अपिल गरिरहेका छौं,’ उनले भने ।
अमेरिका र इरानबीच भएको युद्धविराम पनि पछिल्ला दिनमा कमजोर बन्दैगएको अवस्थामा छ । इजरायलले लेबनानमा हमला जारी राखेको भन्दै इरानले त्यसलाई युद्धविरामको गम्भीर उल्लंघन भनेको छ ।
प्रतिक्रिया 4