News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ।
- श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा विभागीय मन्त्रीले ध्यान नपुर्याएको आरोप लागेको छ।
- प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार श्रममन्त्री साहलाई पदमुक्त गरेका छन् र उनी १४ दिन मात्रै मन्त्री पदमा रहे।
२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ ।
श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा उनले विभागीय मन्त्रीले ध्यान नपुर्याएको भन्दै सभापति रवि लामिछानेले सचेत बनाएका छन् । ‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीरता नदेखिएकोल स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,’ प्रधानमन्त्री बालेन्द्र शाहलाई लेखिएको पत्रमा भनिएको छ ।
प्रधानमन्त्री शाहले बिहीबार श्रममन्त्री साहलाई पदमुक्त गरेका छन् । उनी १४ दिन मात्रै मन्त्री पदको भूमिका रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4