+
+
Shares

सबै सरकारी अस्पतालमा डिजिटल रिपोर्ट आउने व्यवस्था छिटै हुन्छ: स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १६:१४

२९ चैत, काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् ।

आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरूको गुनासो सुन्दै मन्त्री मेहतले उपचार गर्न आउने आफैँले डिजिटल रूपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गर्न लागिएको बताइन् ।

अस्पतालमा उपचार गर्न आएकाले स्वास्थ्य परिक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले भने दैनिक ५ हजारको संख्यामा बिरामीले बहिरंग सेवा लिने गरेकाले रिपोर्ट आउन ढिलाइ भएको जनाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य परिक्षणको रिपोर्ट लिन अब अस्पताल आउन नपर्ने गरी छिटै व्यवस्था गरिने उल्लेख गरिन् ।

साथै उनले अस्पतालमा उपचार गर्न आउनेलाई बाहिर औषधि किन्नुपर्ने अवस्था आउन नदिन अस्पताल प्रशासनको ध्यानाकर्षण गराइन् । अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारको योजनाहरू छिटै सार्वजनिक गरिने जानकारी दिइन् । सरकारको निर्देशनपछि सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?