+
+
Shares

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदीका गरगहना रहेको पाइएको छ।
  • उनको सम्पत्ति विवरण अनुसार काठमाडौंको सौखेलमा ७ आना जग्गा छ र स्रोतमा श्रीमान्, तलब र ऋण उल्लेख छ।
  • मन्त्री मेहताको बैंक खातामा ७ लाख २३ हजार ५३५ र १० लाख रुपैयाँ छन् र २५ लाख रुपैयाँ मूल्यको ब्रान्ड आई१० गाडी छ।

२९ चैत, काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

यसको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको विवरणमा उल्लेख छ ।

मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको उल्लेख छ । यसको स्रोत श्रीमान् र आफ्नो तलबका साथै ऋण रहेको उल्लेख छ ।

मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ, सानिमा बैंकमा १० लाख रुपैयाँ र २५ लाख रुपैयाँ हाराहारीको ब्रान्ड आई१० को एउटा गाडी रहेको छ । जुन गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?